धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी, उपमेयरमा माओवादीका बेघा


८ जेष्ठ २०७९, आईतवार
Harka Sangpang and ahendra bikram begha dharan

काठमाडौं, ८ जेठ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)निर्वाचित भएका छन् । राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार साम्पाङ चार हजार सात सय ६२ मतको अन्तरले धरानको मेयरमा निर्वाचित भएका हुन् ।

धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा साम्पाङ २० हजार आठ सय २१ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी किशोर राईले १६ हजार ५९ मत ल्याए । साम्पाङ विगत लामो समयदेखी धरान उपमहानागरपालिका भित्र रहेर खानेपानी, धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको वोथिती, खोला उत्खनन् तथा विभिन्न स्थानिय तथा राष्ट्रिय मुद्दाहरूमा अभियानता बनेर आन्दोलन गरिरहेका थिए ।

प्रमुखकै अर्की उम्मेदवार नेकपा एमालेकी मञ्जु भण्डारी ९सुवेदी०ले १२ हजार ८ सय २५ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेकी छन् । भण्डारी धरानकी निवर्तमान उपप्रमुख हुन् । २०७५ साल असार १ गते उनिसंगै प्रमुखमा निर्वाचित भएका एमालेका तारा सुब्बाको निधनपछि भण्डारीले २०७६ को उप निर्वाचनसम्म कार्यवाहक नगर प्रमुखको भुमिका निर्वाह गरेकी थिइन् ।

धरानको उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५ सय १० मत प्राप्त गरे । उनका निकटतम प्रत्याशी नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत पाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७