भरतपुरमा रेनु दाहाललाई ८ हजार २९५ मतको अग्रता, अब ३१ हजार ५२८ मत गन्न बाँकी


८ जेष्ठ २०७९, आईतवार
renu dahal 1

चितवन, ८ जेठ । पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता कायमै राखेकी छिन् । भरतपुर महानगरपालिकामा ३१ हजार पाँच सय २८ मत गन्न बाँकी रहँदा उनले आठ हजार दुई सय ९५ मतले अग्रता लिएकी हुन् ।

दाहालले ३७ हजार नौ सय २८ मत प्राप्त गर्दा नेकपा (एमाले) का विजय सुवेदीले २९ हजार ६ सय ३३ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार चार सय ६३ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म यस पालिकामा ९६ हजार तीन सय ११ मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ ।

उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६ सय ७८ मत अन्तरले अग्रता लिएकी छन् । अधिकारीले ४० हजार एक सय २१ मत प्राप्त गर्दा गुरुङले २३ हजार चार सय ४३ मत प्राप्त गरिन् ।

भरतपुर महानगरमा अहिले वडा नम्बर २१ र २२ को मतगणना भइरहेको छ । यस पालिकामा २९ वटा वडा रहेका छन् । पालिका चुनावमा यहाँ एक लाख २७ हजार आठ सय ३९ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७