आईपीएल : पन्जाबको सुखद अन्त्य


९ जेष्ठ २०७९, सोमबार
IPL Panjab

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अन्तिम लिग खेलमा पन्जाब किङ्सले जित निकाल्दै सुखद अन्त्य गरेको छ । मुम्बईमा आइतबार राति पन्जाबले सनराईजर्स हैदरावादलाई ५ विकेटले हराएको हो ।

हैदरावादले दिएको १ सय ५८ रनको लक्ष्य पन्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पन्जाबका लागि लियाम लिभिङस्टोनले अविजित रहदै ४९ रन जोडे । शिखर धवनले ३९ रन जोड्दा जोनी बेयर्स्टोले २३ रन बनाए । हैदरावादका फाजल्हक फारुकीले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो । हैदरावादका अविशेक शर्माले ४३ रन जोड्दा रोमारियोले अविजित २६ रन जोडे । वासिङ्गटन सुन्दरले २५ रन जोडे । पन्जाबका नाथन एलिस र हरप्रित ब्रारले ३/३ विकेट लिए । यस जितसँगै पन्जाबले १४ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रह्यो । हैदरावाद १२ अंक जोडेर आठौं स्थानमा रह्यो ।

आईपीएल अन्तर्गत अब प्लेअफका खेल हुने छन् । गुजरात टाइटन्स सर्वाधिक २० अंकका साथ शीर्ष स्थानमा रहँदै प्ले अफमा पुग्दा राजस्थान रोयल्स १८ अंकका साथ दोस्रो स्थानमा छ । समान १८ अंक रहेको लखनऊ सुपर जायन्ट्स तेस्रो स्थानमा रहँदा १६ अंक रहेको रोयल च्यालेन्जर्स बैंग्लोर चौथो स्थानका साथ प्लेअफमा पुग्न सफल भएको थियो ।

पहिलो क्वालिफायरमा गुजरात र राजस्थानबीच प्रतिस्पर्धा हुने छ । पहिलो क्वालिफायरमा पराजित हुने टिमले एलिमिनेटर राउण्डमा भिड्ने लखनऊ र बैंग्लोरको बिजेतासँग फाइनल प्रवेशका लागि फेरि मौका पाउने छ । पहिलो क्वालिफायरमा विजयी हुने टिम भने सिधै आईपीएलको फाइनलमा पुग्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७