छैटौं पटक सिटीलाई प्रिमियर लिग उपाधि


९ जेष्ठ २०७९, सोमबार
Champions Leag Winner City

काठमाडौं । म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिग फुटबलको उपाधि छैटौं पटक जितेको छ । यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा सिटीले चौंथो पटक उपाधि जितेको हो ।

आइतबार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो । घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो । खेलको ३७ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६९ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दा एस्टन २-० ले अघि रह्यो । तर, इल्के गुन्डोगान चम्किएपछि सिटीले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ७६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई २-१ को स्थितिमा ल्याए । ७८ औं मिनेटमा रोड्रीले गोल गर्दा सिटीले खेल २-२ को बराबरीमा ल्यायो ।

त्यसपछि खेलको ८१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-२ को जित दिलाए । जितसँगै सिटीले ३८ खेलमा ९३ अंक जोड्यो । सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको हो । लिभरपुलले ९२ अंक जोडेको थियो भने एस्टन ४५ अंक जोडेर १४ औं स्थानमा रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७