काठमाडौंको मेयरमा स्वतन्त्रका बालेन र उपमेयरमा एमालेकी सुनिताको अग्रता कायमै

मेयर उम्मेद्वार सिर्जना दोस्रो र केशव तेस्रो स्थानमा


९ जेष्ठ २०७९, सोमबार
balen shah sunita dangol ktm

काठमाडौं । काठमाडौंको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मतसहित अग्रता कायम गरेका छन् ।

महानगरको एक लाख २८ हजार ४८५ मत गन्दा बालेन साहले ४३ हजार ८५० मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९४४ मत पाएकी छन् । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २५ हजार ५९ मत पाएका छन् ।

यस्तै काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार डङ्गोलले ४६ हजार २२१ मत पाएकी छन् । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३० हजार ८१० मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म १५ हजार ४११ मत पाएका छन् । उपमेयरमा एमालेकी सुनिता डङ्गोलले सुरुवातदेखि नै अग्रता लिइरहेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७