जजिराको जहाजमा रगतदेखिएपछि चरासँग ठोक्किएको आशंकामा ‘होल्ड’


९ जेष्ठ २०७९, सोमबार
jazeera gautambudda airport 11

रुपन्देही : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको आशंकापछि जजिरा एयरलाइन्सको जहाजको ‘होल्ड’ भएको छ ।

एक सय २१ जना यात्रु बोकेर कुबेतबाट आएको जजिरा एयरलाइन्सको जहाजमा गए राति पौने २ बजे अवतरण गरेको थियो।

साढे २ बजे ३८ जना यात्रु लिएर फर्कने समय भएपनि चरा ठोक्किएसँगै सावधानी अपनाउँदै राति नै फिर्ता जानुपर्ने जजीराले अहिलेसम्म उडान गरेको छैन । जहाज अहिलेसम्म विमानस्थलमै छ ।

विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जहाजको बाहिरी भागमा रगत देखिए पनि रनवेमा कतै चरा देखिएको छैन।

जहाजमा क्षति भएको छैन भने यात्रुहरु पनि सकुशल छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७