पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस


९ जेष्ठ २०७९, सोमबार
police head

काठमाडौं । नेपाल प्रहरीका पाँच जना डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले पाँच जना डिआईजीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस हुनेहरूमा डीआईजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् । प्रहरीमा खाली रहेको एआईजी दरबन्दीमा उनीहरूलाई बढुवा सिफारीस गरिएको हो । बढुवा सिफारीस भएका सबै एआईजी हालका आईजीपी धीरजप्रताप सिंहका ब्याची हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७