७२९ पालिकाको मत परिणाम : कांग्रेस ३२०, एमाले १९९ र माओवादी १२० वटामा विजयी


९ जेष्ठ २०७९, सोमबार
chunab
फाइल फोटो

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत ७२९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । थप २२ स्थानमा मतगणना जारी छ । दुई स्थानीय तह उदयपुरको त्रियुगा र बाजुराको बुसिढगंगामा मतदानकै प्रक्रिया बाँकी रहेका कारण ती स्थानीय तहको मत परिणाम अनिश्चित छ ।

मतपरिणाम सार्वजनिक भएका ७२९ पालिका माध्ये कांग्रेसले ३२० स्थानीय तह जितेर अग्रता कायम गरेको छ । थप ६ स्थानीय तहमा कांग्रेसले अग्रता कायम गरेको छ ।

१९९ स्थानीय तह जितेर नेकपा एमाले दोस्रो पार्टी बनेको छ । थप ६ स्थानीय तहमा एमालेले अग्रता कायम गरेको छ । १२० स्थानीय तह जितेर तेस्रो पार्टी बनेको नेकपा माओवादी केन्द्रले थप २ स्थानीय तहमा अग्रता कायम गरेको छ । त्यस बाहेक २९ स्थानीय तह जितेर जनता समाजवादी पार्टी (जसपा) चौथो स्थानमा छ । उसले थप ३ स्थानीय तहमा अग्रता कायम गरेको छ ।

१७ स्थानीय तह जितेर भर्खरै स्थापित दल नेकपा एकीकृत समाजवादी पाँचौ दल भएको छ । उसले थप दुई स्थानीय तहमा अग्रता कायम गरेको छ । १५ स्थानीय तह जितेर छैटौं भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले थप एक स्थानीय तहमा अग्रता कायम गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७