विजयोत्सव मनाउन गाउँपालिका अध्यक्षको आदेशमा सार्वजनिक बिदा


९ जेष्ठ २०७९, सोमबार
sarbajanik bida

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाले नव निर्वाचित पदाधिकारीको विजय उत्सव मनाउन सार्वजनिक बिदा दिइएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिकामा निर्वाचित पदाधिकारीको विजय उत्सव कार्यक्रम रहेको भन्दै पालिकाले बिदा दिएको हो । पालिकामा नवनिर्वाचित अध्यक्ष अध्यक्ष दिनेशकुमार यादवको निर्देशनमा शिक्षण संस्थादेखि स्वास्थ्य संस्थासम्ममा बिदा दिइएको छ ।

‘स्थानीय तह निर्वाचनमा यस गाउँपालिकाबाट नवनिर्वाचित पदाधिकारीहरूको विजय उत्सव मनाउने प्रयोजनका लागि रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादव ज्यूको आदेश अनुसार गाउँपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यालयमा आज मिति २०७९ जेष्ठ ९ गते सोमबारका दिन सार्वजनिक विदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रुपनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादीबाट दिनेशकुमार यादब अध्यक्षमा र पुष्पाकुमारी श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

Yesto pani1653284983

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७