बलात्कार आरोपित मनोज पाण्डेलाई म्याद थपका लागि लगियो अदालत


९ जेष्ठ २०७९, सोमबार
manoj pandey11653205131

काठमाडौं । आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिताकी सहभागी किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट पक्राउ थियो । उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्दामा पनि म्याद थप गर्ने तयारी छ ।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । पाण्डेकै समूहले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको थियो । सोही क्रममा प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ दिनेभन्दै एक प्रतियोगीलाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोपसहितको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध आइतबार यौन दुव्र्यवहारबारे अर्को उजुरी पनि प्रहरीमा परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७