मनोज पाण्डेलाई दुई कसुरमा पाँच दिन थुनामा राख्न अनुमति


९ जेष्ठ २०७९, सोमबार
manoj pandey 1

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सुन्दरी प्रतियोगिताको नाममा आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै भिडियो सार्वजनिक गरेकी किशोरीले सोमबार जाहेरी दिएपछि अनुसन्धान अगाडि बढेको हो ।

पहिलो पटक जिल्ला अदालतले पाँच दिनको म्याद दिएको उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिएका छन् । यसअघि आइतबार पनि एक नाबालिगले आफूमाथि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौं परिसरमा जाहेरी दिएकी थिइन् ।

यसअघि भिडियो सार्वजनिक गर्ने किशोरीले भने मानव बेचबिखनको कसुरमा जाहेरी ल्याएको एसएसपी कुँवरले बताए । ‘अदालतले पाँच दिन म्याद दिएको छ । अब दुवै कसुरमा एकसाथ अनुसन्धान अगाडि बढ्छ’, कुँवरले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७