आफ्नो भू-भाग त्यागेर रुससँग युद्धविराम नगर्ने युक्रेनको अडान


९ जेष्ठ २०७९, सोमबार
zelensky

किभ । युक्रेनले आफ्नो भू-भाग त्यागेर रुससँग युद्धविराम नगर्ने जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले अहिले चलिरहेको युद्ध कुटनीतिबाट मात्र सुल्झाउन सकिने अभिव्यक्ति दिएको एक दिनपछि युक्रेनले स्पष्ट रूपमा आफ्नो कडा अडान प्रस्तुत गरेको हो ।

जेलेन्स्कीका सल्लाहकारले युक्रेनको भू-भाग छोड्न पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो र रक्तपातपूणर् रुसी हस्तक्षेप ल्याउने बताएको बीबीसीले जनाएको छ । रुसले पूर्वी युक्रेनमा रहेको सेभरोडोनेस्क घेर्ने प्रयास गरिरहँदा युक्रेनको भनाइ आएको हो ।

युक्रेनी सशस्त्र बलका एक जना जेनरलले रुसी फौजहरूले देशको पूर्वी भागको लुहान्स्क क्षेत्रको प्रशासनिक सीमासम्म पुग्ने गरी युक्रेनी अवरोधहरू तोड्ने प्रयास गरिरहेको पनि बताएका छन् । रुसले अहिले पनि युक्रेनको पूर्वी भेगको आवासीय क्षेत्रहरूमा बमबारी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७