रुसी सैनिकलाई युक्रेनी अदालतको जन्मकैद फैसला


९ जेष्ठ २०७९, सोमबार
vadim AAugIN4m6M 1

किभ । गैरसैनिकको ज्यान लिएको आरोपमा मुद्दा चलाइएका एक रुसी सैनिकलाई युक्रेनको अदालतले जन्मकैदको सजाय दिएको छ । युक्रेनमाथि रुसी आक्रमण सुरु भएयता युद्ध अपराधसम्बन्धी यो पहिलो फैसला हो ।

२१ वर्षीय वादिम सिसिमारिनलाई सुमी क्षेत्रमा ६२ वर्षीय अलेक्सान्द्र सेलिपोभको हत्यामा दोषी ठहर गरिएको हो । सोमबार युक्रेनी तथा विदेशी टेलिभिजन क्यामराको माझमा न्यायाधी सेर्गेइ आफोनोभले सो फैसला सुनाए ।

युक्रेनी अधिकारीहरुले १० हजारभन्दा बढी युद्ध अपराधका घटना भएको दाबी गरेका छन् । यस्तै अन्य ४० मुद्दा चलाउने तयारी युक्रेनी सरकारी वकिलहरुको भनाइ छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७