भरतपुरको मतगणना रोकियो


९ जेष्ठ २०७९, सोमबार
bharatpur 1452022081939

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रताप नाम गरेका प्रतिनिधि गणनास्थलमै गएर मतपत्र पट्याउन थालेपछि विवाद भएपछि गणना रोकिएको हो । गणनास्थलमा एमालेले पठाएका प्रतिनिधि कर्मचारीले गणना गर्ने स्थलमा छिरेर मतपत्र पट्याउन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

ती प्रतिनिधिले जालीभित्रै पसेर कर्मचारीले गर्ने काम गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । एमाले चितवनले भने आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको दाबी गरेको छ । एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले आफ्नो प्रतिनिधि नियतवस् नभई झुक्किएर प्रवेश गरेको दाबी गरेका छन् । ‘यो ठूलो इस्यु होइन । नियतव् होइन झुक्किएर गएको हो,’ उनले भने ।

अहिले एमालेले ती प्रतिनिधिलाई छोड्नुपर्ने र अनि मात्रै गणना सुरु गर्नुपर्ने अडान लिएको छ । करिब चार बजेतिर यो घटना भएको हो । एमालेले पठाएका प्रतिनिधिलाई कर्मचारी ठानेर प्रहरीले पनि भित्र छिर्न दिएको थियो । तर उनी कर्मचारी नभएको अन्य प्रतिनिधिले बताएपछि मतपत्र पट्याउँदै गर्दा प्रहरीले समातेर नियन्त्रणमा लिएको थियो । ती प्रतिनिधि अहिले प्रहरी हिरासतमा छन् । ‘एजेण्ट बाहिर बस्नुपर्ने भित्र गएर बसे, हाम्रा प्रहरी कर्मचारीले पनि निर्वाचन कर्मचारी भनेर रोकेनन्,’ एक प्रहरी अधिकारीले भने, ‘थाहा पाउने वितिकै समातेर निनयन्त्रणमा लिएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७