बढ्यो हवाइ भाडा : धनगढीको साढे १५ हजार, पोखराको ६ हजार तीन सय


९ जेष्ठ २०७९, सोमबार
airport 2 scaled

काठमाडौं । हवाइ इन्धनको मूल्य बढेसँगै जहाजको भाडा पनि बढेको छ । आयल निगमले सोमबार बिहानदेखि बढेको मूल्य लागू गर्नासाथ हवाइ सेवा प्रदायक कम्पनीले जेठ ११ देखि लागू हुने गरी भाडा बढाएका हुन् ।

यति एयरलाइन्सले सबै क्षेत्रको भाडा वृद्धि भएको जानकारी दिएको छ । काठमाडौंबाट माउन्टेन फ्लाइटको १३ हजार ७६५ रुपैयाँ पुगेको छ । त्यस्तै काठमाडौंबाट भद्रपुरको भाडा ११ हजार ९३५, विराटनगरको ९ हजार ३२५, जनकपुरको ५ हजार २५०, भरतपुरको ४ हजार ४३५, पोखराको ६ हजार ३०५ रुपैयाँ एकतर्फी भाडा पुगेको छ ।

त्यसबाहेक काठमाडौंबाट भैरहवाको ७ हजार ८८०, नेपालगंजको १२ हजार ८९५, धनगढीको १५ हजार ६६५, तुम्लिङटारको भाडा ७ हजार ४६० र सिमराको भाडा ३ हजार ७२५ रुपैयाँ पुगेको छ । कम्पनीले यात्रुको चापको आधारमा पूर्ण भाडा वा छुटमा टिकट बिक्रीवितरण गर्न सक्छन् ।

hawai bhada rate

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७