जनकपुरधामको मेयरमा ‘विद्रोही’ उम्मेदवार साह निर्वाचित


९ जेष्ठ २०७९, सोमबार
manoj kumar saha TNZ70Zm434

धनुषा । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बागी (विद्रोही) उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह (हिरा) ले ९,५३२ मत ल्याएका छन् । मनोज ३,९३३ मतान्तरले विजयी भएका हुन् । गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका लालकिशोर साहले ५,१९४ मत ल्याएका छन् । लालकिशोर निवर्तमान मेयर समेत हुन् । तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मनोज चौधरीले ५,३६० मत ल्याएका छन् ।

यस्तै जनकपुरधाम उपमहानगरको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका किशोरी साह निर्वाचित भएकी छन् । उनले १५ हजार ५२५ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणादेवी झाले १० हजार ८८५ मत ल्याइन् । त्यस्तै लोसपाका उपमेयरकी उम्मेदवार रीताकुमारी मिश्रले ५,८१७ मत ल्याउन सकिन् । मिश्र निवर्तमान उपमेयर समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७