भरतपुरमा रेनुको विजय सुनिश्चित, गन्न बाँकी मतभन्दा बढीको मतान्तर


१० जेष्ठ २०७९, मंगलवार
renu dahal 1

चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । मत गणनाका लागि बाँकी रहेको मतभन्दा उनको प्रतिद्वन्द्वीसँगको मतान्तर बढी रहेको छ ।

पछिल्लो विवरणअनुसार भरतपुरमा कुल खसेको मत एकलाख २७ हजार ८३९मध्ये एक लाख १६ हजार ६६६ मत गणना भइसकेको छ । त्यसमध्ये दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने विजयी सुवेदीले ३५ हजार ५८३ मत प्राप्त गरेका छन् । ११ हजार ४५७ मतको अग्रता रहेको छ ।

त्यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत प्राप्त गरेका छन् । अब गणना हुन बाँकी मत भनेको ११ हजार १७३ मात्रै रहेको छ । समाचार तयार पार्दासम्म उक्त मत गणना कार्य जारी छ । त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४७ हजार ९५८ मत प्राप्त गरेका छन् । उनी प्रतिद्वन्द्वी हिमला गुरुङभन्दा २० हजार ३६ मतले अघि छन् । अर्थात् गुरुङले २७ हजार ९२२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७