इरानमा भवन भत्किँदा चारको मृत्यु, ८० जना फसे


१० जेष्ठ २०७९, मंगलवार
559562 01 02

काठमाडौं । दक्षिणपश्चिम इरानमा एउटा निर्माणाधीन भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने करिब ८० जना भग्नावशेषमा फसेका छन् ।

खुजेस्तान प्रान्तको राजधानी अबदानमा अवस्थित १० तले मेट्रोपोल भवनको केही भाग भत्किदा उक्त दुर्घटना भएको सरकारी राज्य टेलिभिजनले प्रसारण गरेको छ । राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले जनाएअनुसार कम्तीमा चार जनाको ज्यान गएको छ र अरु २१ जना घाइते भएका छन् ।

रेड क्रिसेन्टको क्षेत्रीय शाखाका अनुसार भग्नावशेषमुनि कम्तीमा ८० जना मानिस फसेका छन् । उक्त भवन अबदानको व्यस्त सडकमा अवस्थित छ जहाँ “व्यावसायिक, चिकित्सा र अन्य कार्यालय“ भवनहरू सञ्चालित छन् । भवन भत्कनुको कारण बारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७