चीनले हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गर्ने


१० जेष्ठ २०७९, मंगलवार
korona virous 1

काठमाडौं । चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो । चीनले आफ्नो शून्य-कोभिड नितीलाई निरन्तरता दिएको छ । धेरै शहरहरूमा कडा तालाबन्दी र आवागमन प्रतिबन्धलगाएर कोरोना भाइरस सङ्क्रमणलाई रोक लगाएको छ ।

हेनानको प्रान्तीय राजधानी झेङझाउमा मेको अन्त्य भन्दाअघि नै परीक्षण सुरु हुने अधिकारीहरुले जनाएका छन् । हरेक दुई दिनमा कोभिड परीक्षण गर्ने नितीले सम्भावित जोखिमहरु चाँडै पहिचान गर्न मद्दत गर्ने छ । कोभिडविरुद्धका नियम पालना नगर्ने बासिन्दाहरूलाई सार्वजनिक स्थानहरूमा प्रवेश गर्न वा यातायात सेवा लिन आवश्यक कोडहरू स्क्यान गर्न समस्या हुने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७