७३४ पालिकाको मत परिणाम : कांग्रेस ३२१, एमाले २०० र माओवादी १२० वटामा विजयी


१० जेष्ठ २०७९, मंगलवार
MD Morang Ryalic

काठमाडौं । देशभरका ७५३ पालिकामध्ये अहिलेसम्म ७३४ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । २७५ नगरपालिका र ४५९ गाउँपालिका गरी ७३४ पालिकाको मत परिणाम सार्वजनिक भएको हो । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।

सार्वजनिक नतिजा अनुसार कांग्रेसले अहिलेसम्म ३२१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २०० वटा पालिकाको प्रमुख पद जितेको छ । उसले ७७ वटा नगरपालिका र १२३ वटा गाउँपालिकामा प्रमुख जितेको हो ।

तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २४ वटा नगरपालिका र ९६ वटा गाउँपालिका गरी १२० वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिकाको प्रमुख पद जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार-चार वटा पालिकाको प्रमुख पद जितेका छन् । यस्तै, जनमत पार्टीले दुई तथा नेपाल मजदुर किसान, विवेकशील साझा, तमलोपा र जनप्रगतिशील पार्टीले एक-एक वटा पालिकाको प्रमुख जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको पालिकाको प्रमुख पद जितेका छन् ।
मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण

नेपाली कांग्रेस
मेयर/अध्यक्ष-३२१
उपमेयर/उपाध्यक्ष-२९५

नेकपा एमाले
मेयर/अध्यक्ष-२००
उपमेयर/उपाध्यक्ष-२२८

माओवादी केन्द्र
मेयर/अध्यक्ष-१२०
उपमेयर/उपाध्यक्ष-१२८

जसपा
मेयर/अध्यक्ष-२९
उपमेयर/उपाध्यक्ष-३०

एकीकृत समाजवादी
मेयर/अध्यक्ष-१९
उपमेयर/उपाध्यक्ष-२१

लोसपा
मेयर/अध्यक्ष-१५
उपमेयर/उपाध्यक्ष-११

राप्रपा
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-४

जनमोर्चा
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-३

नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-३

जनमत पार्टी
मेयर/अध्यक्ष-२
उपमेयर/उपाध्यक्ष-१

मजदुर किसान पार्टी
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१

तमलोपा
मेयर/अध्यक्ष-१

जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१

विवेकशील साझा
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१

स्वतन्त्र
मेयर/अध्यक्ष-१२
उपमेयर/उपाध्यक्ष-४

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७