काठमाडौं सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित, शिक्षकले दुर्व्यवहार गरेको आरोप


१० जेष्ठ २०७९, मंगलवार
ST Lawrence Chabahil

काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यालयका एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थी आन्दोलनमा उत्रिएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिएका छन् ।

आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी गरेका छन् । ती शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ । ‘के भएको भन्नेबारे बुझ्नलाई अहिले अभिभावकसहित शिक्षकहरुबीच छलफल गराउँदैछौं’, एसएसपी गिरीले भने । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७