छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा सेन्ट लरेन्सका शिक्षक-सञ्चालक पक्राउ


१० जेष्ठ २०७९, मंगलवार
ST Lawrence Chabahil 1

काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरीले काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजका प्रिन्सिपल र शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ ।

यौन दुर्व्यवहार भएको भन्दै छात्राहरूले शिक्षकविरुद्ध किटानी जाहेरी दिएसँगै तीन जनालाई महानगरीय प्रहरी बृत्त गौशालाले नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त कलेजको म्यानेजमेन्ट संकायका मर्निङ कोअर्डिनेटर जनार्दन अधिकारी, कलेजका प्रमुख केशव दंगाल र प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएसँगै पीडित भनिएका छात्राहरुका अभिभावक पनि अहिले प्रहरी बृत्त गौशालामा पुगेका छन् । उनीहरुमाथि कारबाहीको माग गर्दै आज बिहान कलेजमा विद्यार्थीहरूले नाराबाजीसहित प्रदर्शन समेत गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७