मन्त्रिपरिषद बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित


१० जेष्ठ २०७९, मंगलवार
deuwa cabinet

काठमाडौं । मन्त्रिपरिषद बैठकले अगामी वर्ष ०७९-८० को नीति तथा कार्यक्रम पारित गरेको छ । आज (मंगलबार) विहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषदले पारित गरेको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा पेश हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छिन् । जेठ १० गते अगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्ने संवैधानिक व्यवस्था छ भने जेठ १५ गते बजेट आउँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७