धनराज पोखराको १५ औं मेयर बन्ने पक्का, उपमेयरमा एमालेकी मञ्जुदेवी


१० जेष्ठ २०७९, मंगलवार
dhanraj manju

पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको विजय सुनिश्चित भएको छ । धनराज पोखराको १५ औं मेयर बन्ने निश्चित भएको हो ।

कुल खसेको एक लाख ४३ हजार २२६ मतमध्ये धनराजले ५७ हजार ७२ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का कृष्ण थापाले ५१ हजार ५८७ मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५९ हजार ७० मतसहित विजयी भएकी छन् । ३ हजार ८१५ मत गन्न बाँकी रहेको छ । यद्यपि, गन्न बाँकी मतभन्दा मतान्तर बढी भएकोले जित सुनिश्चित भएको हो । सबै मत गनिसकेपछि मात्रै आयोगले आधिकारिक घोषणा विजेता घोषणा गर्नेछ । यद्यपि, एमालेले वडा नम्बर ३१ र १८ को पुनः मतगणनाको माग राख्दै प्रतिनिधि नपठाएपछि गणना अवरुद्ध भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७