पेट्रोलियम पदार्थको मूल्यमा पुनर्विचार हुन्छ : उद्योगमन्त्री बडू


१० जेष्ठ २०७९, मंगलवार
badu 20220524142408 1

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यमा पुर्नविचार गर्ने बताएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको ध्यानाकर्षण पत्र बुझ्दै उद्योग मन्त्री बडूले पेट्रोल, डिजेल र ग्यासमा भएको मूल्य वृद्धिका सन्दर्भमा पुनर्विचार हुने बताएका हुन् ।

उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थमा लगाइएको करबारे पुनः विचार गर्दै मुल्य समायोजन गर्नेबारे सरकार सकारात्मक रहेको बताएको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले  जानकारी दिए । उनले भने, ‘हामीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै उद्योगमन्त्रीको ध्यानाकर्षण गरायौं । मन्त्री ज्यूले पुनः विचार गर्छु भन्नुभयो । हामीले पेट्रोलियम पदार्थ मूल्य वृद्धि फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्छौं ।’

पेट्रोलियम पदार्थ र ग्यासमा गरिएको अत्याधिक मूल्यवृद्धि पूणर् खारेजी गर्नुपर्ने, मन्त्रालय र संयुक्त विद्यार्थी संगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीलाई सहुलीयत दिनुपर्ने उनीहरुको माग छ ।

पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाइएको अत्याधिक करबारे पुनः विचार गर्न सरकारसमक्ष ध्यानाकर्षण गराएका छन् । पेट्रोलियम पदार्थमा भएको भारतीय एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्नुपर्ने,पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गरी अन्य लाभ लिन समेत माग गरेका छन् । कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई नीजिकरण गर्ने गरि गरिएको चलखेल खारेजको माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७