सरकारको नीति तथा कार्यक्रम गन्तव्यविहीन सपना मात्र : योगेश भट्टराई


१० जेष्ठ २०७९, मंगलवार
yogesh bhattrai
फाइल फोटो

काठमाडौं । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता योगेश भट्टराईले सपना र गन्तव्यविहीनको संज्ञा दिएका छन् । संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले नीति तथा कार्यक्रममा जनतालाई आशा जगाउन नसक्ने बताए ।

‘नीति तथा कार्यक्रम परम्परागत छ,’ उनले भने, ‘यसमा कुनै नयाँ कुरा, नयाँ सपना र यसमा देशवासीलाई र सिंगो मुलुकलाई अपिल कार्यक्रममा छैन । यसले कुनै उत्साह पनि दिएको छैन । यो सपनाविहीन, गन्तव्यविहीन छ ।’

भट्टराईले आसन्न आर्थिक संकटलाई सम्बोधन गर्ने गरी कुनै कार्यक्रम नआएको भन्दै यो सरकार रहेसम्म समयको बर्बादी मात्र हुने टिप्पणी गरे । उनले भने, ‘मुलुकमा ठूलो आर्थिक संकट छ, आउने बर्ष डरलाग्दो आर्थिक संकट सामना गनुपर्ने छ । यो सरकार जति समय बस्छ, त्यति समय मुलुकका लागि समयको बर्बादीबाहेक केही पनि होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७