२०७९ जेठ ११ गतेको तपाईको राशिफल


११ जेष्ठ २०७९, बुधबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मन खिन्न हुने स्थिति आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनसक्छ । विश्वास गरेकाले साथ दिनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सरकारी निकायको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभकार्यको चर्चा चल्ने छ । परोपकारमा रुचि बढ्ने छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ र बन्धु बान्धवबाट सहयोग पनि मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कुनै कुराले मन प्रसन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्ने छ । प्रेमीको सहयोग पनि पाइनेछ, तर स्वास्थ्यप्रति सजग रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्ने छ । आँटेको र ताकेको कार्य पुरा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समाज सेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला । शत्रु पराजित पनि हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाजुभाइ, दिदीबहिनीले तपाईका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिना प्रतिस्पर्धा फाइदा पनि हुन सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको इच्छा र आकांक्षा पूर्ण हुन सक्छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्ने छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७