मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना


११ जेष्ठ २०७९, बुधबार
raining

काठमाडौं । प्रदेश-१ र वागमती प्रदेशसहित केही स्थानमा आज (बुधबार) पनि वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश-१ र वागमती प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागका अनसार आज राति देशका उच्च पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहनेछ ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ का उच्च पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७