सिन्धुलीका १८ वर्षीय डोरबहादुर खपाङ्गले बनाए विश्वकै होचा किशोरको ‘रेकर्ड’


११ जेष्ठ २०७९, बुधबार
guniess 2452022060447
??????????????????????????????????????????????????????????

काठमाडौं । सिन्धुली गोलन्जोरका १८ वर्षीय डोरबहादुर खपाङ्गीले विश्वकै होचा किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् ।

खपाङ्गीको उचाइ ७३.४३ सेन्टिमिटर (२ फिट ४.९ इन्च) मात्रै छ । खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् । उनलाई पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरेका छन् ।

उनलाई दिइएको प्रमाणपत्रमा भनिएको छ, ‘संसारको सबैभन्दा होचो टिनएजर (पुरुष) डोरबहादु खपाङ्गी (१४ नोभेम्बर २००४ जन्म) जसको उचाइ ७३.४३ सेमि छ ।’ यसअघि भारतकी ज्यो एमेगलाई सन् २००९मा सबैभन्दा होची टिनएजरको उपाधि दिइएको थियो । उनको उचाइ ६१.९५ सेमी थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७