स्थानीय निर्वाचन : आठ पालिकाको अन्तिम मत परिणाम आउन बाँकी


११ जेष्ठ २०७९, बुधबार
matgandaipiclamjung

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अब आठ वटा पालिकाको मात्रै अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ । ७५३ मध्ये ७४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाडौं महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, रौतहटको गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेका छन् । पछिल्लो पटक पोखरा र ललितपुर महानगर र रौतहटको गढीमाई नगरपालिकाको नतिजा सार्वजनिक भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७