त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा


११ जेष्ठ २०७९, बुधबार
Tribhuwan Park

काठमाडौं । वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा दिएको पाइएको बताएका छन् ।

पार्कको १६६ रोपनी जग्गामध्ये ५० रोपनी जग्गा मासिक प्रतिरोपनी नौ हजार १५० पाउने गरी फनपार्क निर्माणका लागि निजी कम्पनीलाई दिएको पाइएको उनले जानकारी दिए । वार्षिक ५४ लाख मात्र आउने गरी २० वर्षको लागि सम्झौता गरिएको यो घटनाको छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन मुख्यमन्त्रीसँग माग गरेको मन्त्री श्रेष्ठले सुनाए ।

सरकारी जग्गा कौडीको भाउमा भाडामा लगाएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न मन्त्रालयले निरन्तर काम गर्ने भएको छ । त्रिभुवन पार्क स्मारक समितिले सो जग्गा एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एन्ड ट्रेड कन्सर्टलाई अवैध प्रक्रियाबाट भाडामा दिएको जनाइएको छ ।

पार्कको मन्त्री श्रेष्ठ, सचिव मदन कोइराला र आयोजना प्रमुख विष्णु भण्डारीले अवलोकन गरेका छन् । सस्तो दरमा जग्गामा भाडामा लिएको कम्पनीले पार्क क्षेत्रमा व्यवसाय सञ्चालन गरेको अवलोकनका क्रममा भेटिएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७