सेन्ट लरेन्स दुर्व्यवहार प्रकरण : प्रहरी वृत्त अगाडि आज पनि प्रदर्शन


११ जेष्ठ २०७९, बुधबार
st lawrence1 2452022085643 1000x0 1

काठमाडौं । शिक्षकबाट यौन दुर्व्यवहार भएपछि हिजो बिहानैबाट शिक्षकलाई कारबाहीको माग गर्दै शुरु भएको नाराबाजी आज पनि जारी रह्यो ।

काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका छात्रामाथि यौन दुर्व्यवहार भएपछि आज पनि विद्यार्थीले गौशालास्थित प्रहरी वृत्त अगाडि प्रदर्शन जारी राखेका हुन् । कलेजका केर्डिनेटर जनार्दन अधिकारी र शिक्षक राजन पौडेलले छात्राहरूमाथि यौन दुराचार गरेको भन्दै यौन दुराचारीलाई कारबाही गरिनुपर्ने माग विद्यार्थीहरूको छ ।

आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुरा छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो नियत राखेको पीडित विद्यार्थीको आरोप छ । यौन दुर्व्यवहार भएको भन्दै छात्राहरूले शिक्षकविरुद्ध किटानी जाहेरी दिएपछि ती शिक्षकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । कलेजले दुवै जनालाई बर्खास्त गरिसकेको छ ।

उनीहरूविरुद्ध बालयौन दुर्व्यवहार मुद्दामा पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले भने, ‘अनुसन्धान गरिरहेका छौं । केही गलत भएकै जस्तो देखिन्छ । अरू कुरा अहिले नै भन्न मिल्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७