१० महिनामै बाहिरियो नेपालको १६ खर्ब चार अर्ब


११ जेष्ठ २०७९, बुधबार
aayat

काठमाडौं । बस्तु आयातमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिना अवधिमा नेपालबाट १६ खर्ब ४ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार १० महिनामा सो रकमको वस्तु आयात भएको हो । सो रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब २७.९५ प्रतिशत बढी हो ।

यस अवधिमा मुलुकले भने वस्तु निर्यात बापत एक खर्ब ७३ अर्ब रुपैयाँ आर्जन गरेको छ । निर्यात गत वर्षको सोही अवधिको तुलनामा ५९ प्रतिशत बढी हो । प्रतिशतका आधारमा निर्यातको वृद्धिदर धेरै देखिए पनि रकमका आधारमा निर्यातको हिस्सा सानो भएकाले यसले ब्यापार घाटालाई राहत दिन सकेको छैन ।

१० महिनामा मुलुकको ब्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपैयाँ छ । यो घाटा गत वर्षको यसै अवधिको तुलनामा २४.९ प्रतिशत बढी हो । कुल ब्यापारमा नेपालको निर्यात अंश जम्मा ९.७५ प्रतिशत मात्रै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७