माओवादीले जनप्रतिनिधिलाई तालिम दिने


११ जेष्ठ २०७९, बुधबार
prachanda 4

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा निर्वाचित आफ्ना पार्टीका जनप्रतिनिधिलाई दुई दिने अभिमुखीकरण तालिम दिने भएको छ ।

आज (बुधबार) पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले नव निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने निणर्य गरेको हो । यो स्थानीय तह निर्वाचनमा माओवादीले देशभर १२१ पालिका जितेको छ ।

‘स्थानीय तहमा नव निर्वाचित प्रमुख-अध्यक्ष-उपप्रमुख-उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख-उपप्रमुख, पार्टी प्रदेश इन्चार्ज र अध्यक्षको सहभागीतामा जेठ १८ र १९ गते काठमाडौंमा स्थानीय तह अभिमुखिकरण तालीम संचालन गर्ने निणर्य गरेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

माओवादीले जेठ २० गतेको लागि तय गरेको केन्द्रीय समितिको बैठक भर्चुअलमाध्यमबाट गर्ने पनि निणर्य लिएको छ । ‘जेठ २० मा पार्टी केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट सम्पन्न गर्ने र केन्द्रीय समितिको अर्को बैठक २०७९ असार १५ मा बस्ने निणर्य गरेको छ,’ मल्लले थपे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७