निर्वाचनको परिणाम सन्तोषजनक भएन : ओली


११ जेष्ठ २०७९, बुधबार
kp oli

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् ।

बुधबार नेकपा (एमाले) को संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताएका हुन् । उनले एमालेले ठूलो घेराबन्दी र प्रतिकूलताका बीचमा निर्वाचनमा सामेल हुनुपरेको भन्दै उनले आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

अध्यक्ष ओलीको सम्बोधनबारे जानकारी दिँदै प्रमुख सचेतक भट्टराईले भने, ‘हाम्रा पार्टीका अध्यक्षले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामको बारेमा संक्षिप्त विश्लेषण गर्दै धेरै ठूलो घेराबन्दी र प्रतिकूलताका बीचमा नेकपा (एमाले) ले जुन परिणाम प्राप्त गरेको छ । त्यो सन्तोषजनक नभए पनि त्यसले नेकपा (एमाले) लाई थप सुसंगठित भएर, सुव्यवस्थित भएर, सुविचारित भएर आगामी दिनमा थप निर्वाचनका लागि तयारी गर्नुपर्छ भन्ने निष्कर्ष उहाँले प्रस्तुत गर्नुभयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७