बलात्कारसम्बन्धी कानुनमा उजुरीको हदम्याद हटाउने प्रधानमन्त्रीको घोषणा


११ जेष्ठ २०७९, बुधबार
deuwa

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारका घटनामा कानुनमा रहेको हदम्याद हटाउने बताएका छन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले बुधबार पार्टीका नेताहरुसँग बलात्कारका घटनामा कानुनमा रहेको हदम्याद हटाउने बताएका हुन् ।

स्थानीय तहमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेको, महँगी बढेको तथा सामाजिक अपराधका घटनामा न्याय निरुपण जटिल बनेको भन्दै ध्यानाकर्षण गराउन पुगेको नेताहरुको टोलीसँग देउवाले हदम्याद तत्काल हटाउने प्रतिवद्धता जनाएको सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले जानकारी दिइन् ।

प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुषालले स्थानीय तह निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएको गुनासो गरिन् । उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट महिलाको सम्मानजनक उपस्थिति गराउन पनि आग्रह गरिन् ।

जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय तहमा महिलाको उपस्थिति कम भएको स्वीकार गर्दै यसका बारेमा पछि सल्लाह गर्ने प्रतिवद्धता जनाएको पनि सह-महामन्त्री उपाध्यायले जानकारी दिएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७