रोयल च्यालेन्जर्स बैंगलोर आईपीएलको क्वालिफायरमा प्रवेश


१२ जेष्ठ २०७९, बिहीबार
Ipl cricket

बैंगलोर । रोयल च्यालेन्जर्स बैंगलोर इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

कोलकत्तामा बुधवार राति भएको एलिमिनेटरमा नव प्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोरले क्वालिफायरमा स्थान बनाएको हो । बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रन जोडेको थियो । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । लखनउ भने बाहिरिएको छ ।

राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । तर, प्रतियोगिताको नियम अनुसार राजस्थानले एलिमिनेटरको विजेतासँग खेल्ने मौका पाएको हो । गुजरात फाइनल पुगिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७