काठमाडौंको मतगणना अन्तिम चरणमा, मेयरमा बालेनको विजय निश्चित


१२ जेष्ठ २०७९, बिहीबार
Balen Shah keshav esthapit and srijana singh

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा आइपुगेको छ । महानगरपालिकाको मेयरमा विजय निश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार बालेन साहले अहिलेसम्म ५९ हजार भन्दा धेरै मत पाएका छन् । बिहीबार बिहान सार्वजनिक मत परिणाम अनुसार बालेनले अहिलेसम्म ५९ हजार १४९ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् । उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थिइन् । यस्तै मेयरकै उम्मेद्वार नेकपा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् ।

चौथो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गरेका छन् । अहिलेसम्म २९ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १४, १५ र १६ को मत गन्न बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७