पूर्व डीआइजी रञ्जन कोइराला फेरि जेल फर्किनु पर्ने, सर्वोच्चले उल्ट्यायो कैद मिनाहाको फैसला


१२ जेष्ठ २०७९, बिहीबार
ranjan koirala 2 1

काठमाडौं । श्रीमती हत्यामा दोषी ठहर भई कैद सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाबारे बाँकी कैद मिनाहा गर्ने सर्वोच्च अदालतको यसअघिको फैसला उल्टिएको छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले कोइरालाको कैद सजाय मिनाहा गर्ने फैसला गरेको थियो । सो फैसला बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूणर् इजलासले उल्ट्याउने फैसला गरेको हो । कोइरालाले भुक्तान गर्न बाँकी कैद सजाय अब भुक्तान गर्नुपर्नेछ ।

उनको सजाय मिनाहा गर्ने यसअघिको फैसला विवादित बनेको थियो । डीआईजी पदमा बहाल रहेकै बेला ९ वर्ष पहिले कोइरालाले श्रीमतीको हत्या गरेर शव टुक्राटुक्रा पारेर मकवानपुरको जंगलमा लगेर जलाएका थिए । अर्की प्रतिवादी तारा रेग्मीसँग प्रेम सम्बन्धमा रहेका पति कोइरालाले आफूलाई मानसिक र शारीरिक यातना दिने गरेको भन्दै पहिल्यै ढकालले निवेदन दिएकी थिइन् ।

कोइरालालाई जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतले भने सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । कोइरालाले हालसम्म साढे ८ वर्ष जेलमा बिताएका छन् । उनी अब साढे ११ बर्ष जेल बस्नुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७