निजगढमा विमानस्थल निर्माण रोक्ने सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण : प्रदीप ज्ञवाली


१२ जेष्ठ २०७९, बिहीबार
pradeep
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

ज्ञवालीले ट्वीट गर्दै अदालतको यो फैसलाले कार्यकारीको क्षेत्राधिकार अतिक्रमण भएको र नेपालको राष्ट्रिय सामर्थ्य र विकासको सम्भावनामाथि पनि आँच पुर्‍याएको टिप्पणी गरेका छन् । ‘आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ?’ उनले प्रश्न पनि गरेका छन् ।

निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निणर्य न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएको हो ।

‘विमानस्थल निर्माण रोक्ने सर्वोच्चको फैसलाले संकट ल्याउँछ’
यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाराको निजगढमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निणर्य सर्वोच्च अदालतले बदर गरिदिनु विकास विरोधी काम भएको बताएका छन् ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न दिने सर्वोच्चको फैसला हरेक दृष्टिकोणबाट गलत भएको बताएका छन् । पोखरेलले सामाजिक सन्जाल ट्विटरमार्फत सर्वोच्चको फैसलामा आपत्ति प्रकट गरेका हुन् ।

सर्वोच्चको यो फैसला कार्यकारी (सरकार) को काममा हस्तक्षेप भएको पनि उनले बताएका छन् । ‘कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो हो’, उनले भनेका छन्, ‘यस निर्णयले काठमाडौं-निजगढ फास्ट ट्रयाकको लगानीलाई समेत डुबाउने छ । योसँगै मुलुकलाई आर्थिक संकटमा पनि फसाउने छ । गम्भीर र जिम्मेवार बनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७