संसदमा मन्त्री बडूको अमर्यादित अभिव्यक्ति, रेकर्डबाट हटाउन सभामुखको रुलिङ


१३ जेष्ठ २०७९, शुक्रबार
Dilendra Prasad Badu

काठमाडौँ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले संसदमा अमर्यादित शब्द प्रयोग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको अभिव्यक्तिको जवाफ दिने क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बडूले असंसदीय भाषा प्रयोग गरेका हुन् ।

बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादि शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले) का सांसदले आपत्ति जनाएका थिए । एमालेको नियमापत्तीपछि सभामुखले १५ मिनेटलाई रोकेका थिए । त्यसपछि वार्ता र संवादपछि सहज रुपमा अघि बढ्ने सहमति भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य–मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका थिए ।

सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर प्रस्तुत गरिएको शब्द हटाउन निर्देशन दिएपछि प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७