निजगढ विमानस्थल रोक्ने अदालतको आदेशमाथि माधव नेपालको टिप्पणी : यसमा कसै न कसैको प्रभाव छ


१३ जेष्ठ २०७९, शुक्रबार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निजगढमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको निर्णय कसैबाट प्रभावित भएर आएको बताएका छन्।

उनले भनेका छन्, ‘सर्वोच्चले रोक्न खोजेको कुरा दुः खको कुरा हो। निजगढलाई रिजनल हबका रुपमा विकास गर्न सकिन्थ्यो।जंगलै नभएको ठाउँमा विमानस्थल नबनाउन् भनेर रोक्नुको कुरा के होरु यसमा कसै न कसैको प्रभाव छ।’

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले कसको स्वार्थमा विमानस्थल निर्माण रोकिएको हो भनी प्रश्न गरेका हुन् । बिहीबार सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्दै विकल्प खोज्न आदेश दिएको थियो ।

अध्यक्ष नेपालले निजगढ विमानस्थल रोक्नुपर्नाको कुनै कारण नभएको बताए । तर, कुनै तत्व वा प्रवृत्ति लागेर रोक्ने काम गरेको हुन सक्ने उनले बताए

‘निजगढ विमानस्थल क्षेत्रमा पहिले घना जंगल थियो तर अहिले छैन । खुल्ला ठाउँमा विमानस्थल बनाउन लाग्दा पनि किन रोकियो ?’ प्रश्न गर्दै नेपालले भने, ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएको परियोजनामा किन रोक्ने काम गरियो रु यसमा पक्कै कुनै तत्वले काम गरेको छ । यसमा सरकारले सुश्म अध्ययन गर्न आवश्यक छ ।’

सन् १९९५ देखि सुरु भएर अघि बढेको निजगढ विमानस्थल परियोजनामा तीन अर्ब खर्च भइरहेको बताउँदै उनले जंगल नभएको ठाउँमा पूर्वाधार बनाउन खोज्दा पनि दु:खद भएको गुनासो गरे। 

‘यो कस्तो देश रहेछ हाम्रो? सन् १९९५ देखि अध्ययन गरेर थालेको परियोजना रोक्ने कोसिस हुन्छ। निजगढमा विमानस्थल रोकिनु दु:खद कुरा हो’, उनले भने, ‘झण्डै तीन अर्ब रुपैयाँ खर्च गरिसकेको अवस्थामा, जग्गा अधिग्रहण भइसकेको अवस्थामा यस्तो निर्णय कसरी आयो? दुई खर्ब लगानी गरेर फास्ट ट्रयाक बनिसकेको अवस्था छ। तर यस्तो निर्णय आउँछ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७