सपनाको भारीले थिचिएका बद्री


प्रकाशित मिति : October 16, 2017

काठमाडौंको आकाश छोडेर मस्को उड्दै गर्दा बद्री केसीलाई यति फराकिलो स्थान र उचाई बनाउँछु भन्ने लागेको थिएन । उतिधेरै महत्काङक्षा थिएन । थिएन, त्यतिठुलो हुटहुटी पनि । थियो त, केवल एकबारको जोबनमा केही राम्रो गरौं भन्ने । उच्च शिक्षाको लागि नेपाल छोडेर मस्को उड्दै गर्दा ठुलो महत्काङक्षा नभए पनि सुन्दर सपना त थियो नै । त्यही सपनाले बद्रीलाई उडाएर लगेको थियो, मस्को अर्थात् समुन्द्र पारीको देश रसिया । असल काम गरौं भन्ने सपनाले उनलाई मस्कोमा चैनले निदाउन दिएन । दिएन त्यसै बसिरहन । उनले कैयन अनिदा रातहरु बिताए । उनको पैतलाले मस्कोका सडक नापे । त्यही संघर्षले उनलाई बद्री केसीबाट डा.बन्द्री केसी बनायो । धेरैको विश्वास र सम्मान पाए । त्यही उनको सक्रियता र सपना अनि त्यही विश्वासले डा.बद्री केसीको नाम अघि थपियो, गैर आवासीय नेपाली संघ (एनआरएनए)का महासचिव ।

काठमाडौं छोडेर पहिलो पटक मस्को जादै गर्दा उनका सपनाका अंश बढी आफैप्रति केन्द्रीत थियो । तर, अहिले बद्री काठमाडौंदेखी मस्को मात्रै होइन संसारभरीका आकाशमा उडिरहन्छन् । जहाँ जहाँ नेपाली पुगेका छन् । तर, अहिले उनी आफ्नो सपना पुरा गर्न होइन सामुहिक स्वार्थ र सपनाको खातिर हो । आफ्नो लागि होइन समृद्धिको लागि होइन त्यो प्रवासमा रहेका नेपाली र नेपालको लागि । भन्छन्,‘गैर आवासीय नेपाली र देशको समृद्धिका लागि हामीले निकै परसम्मका योजना बनाएका छौं ।’

मस्कोले जन्माएको सपना
रसियामा पढाई र व्यापार त छदै थियो । प्रवासमा रहेका नेपाली र नेपालको लागि केही गरौं भन्ने भावना पनि उनीहरुमा थियो । उतिबेला पनि प्रवासमा नेपालीहरुको संगठन नभएको भने होइन । तर तिनिहरुको दायरा अलि फराकिलो थिएन । कतै पार्टीको उद्देश्य पुरा गर्न, कतै क्षेत्र र भुगोलको हित गर्न, त कतै जाति समुदायको नाममा खोलिएका संगठनहरु थियो । उनीहरु चहान्थ्थे, ‘सबै पार्टी, जाति, भुगोल, क्षेत्र अटाउने साझा संगठन हो । उनीहरुको सपना थियो, ‘यस्तो साझा संगठन होस् जहाँ सबै बस्न सकोस् । त्यही अटाएर सबैले नेपाल र नेपालीहरुको हितमा काम गर्न सकोस् । संसारभरीका नेपालीहरु अटाओस् ।’

हो !  तिनै सपनाले जन्मियो, गैर आवासीय नेपाली संघ (एनआरएनए) । डा.केसी सम्झिछन्, हामीले त्यसबेला सोच्यौं, ‘की नेपालबाहिर बस्ने नेपालीहरुलाई एउटा साझा र छाता संगठन आवश्यक छ । त्यो कुनै पार्टी निरपेक्ष, कुनै धर्म, क्षेत्र र जाति निरपेक्ष होस्, जहाँ सबै अटाओस् । त्यसको लागि हामीले लामो अवधारणापत्र बनायौं । र, यो अभियान बेलायतबाट सुरु गर्ने निचोड निकाल्यौं । किनभने बेलायतमा २ सय बर्षदेखी नेपालीहरुले गोरखा सैनिकको रुपमा काम गरिरहेका छन् ।’

रसियामा एनआरएनए जन्मिन अघि अर्थात् सन् २००२ भन्दा अगाडि रसियामा ‘रुस व्यपार संघ, नेपाल’ नामक संस्था थियो । डा.केसी भन्छन्, ‘त्यो संस्थामा हामी व्यापारमा संग्लन आबद्ध थियौं । त्यो बेला हामीेले ५ लाखभन्दा बढी नेपालीहरु देश बाहिर बसिरहेका अनुमान गरेका थियौं । त्यसबेला एनआरआइ पनि गठन भइसकेको थियो । हामीले त्यसबेला सोच्यौं, की नेपालबाहिर बस्ने नेपालीहरुलाई एउटा साझा र छाता संगठन आवश्यक छ ।’ विदेशी भुमीमा काम गर्ने इतिहास सुरु भएको बेलायतको बैठकपछि औपचारिक रुपमा यो संस्था जन्मिएको हो । उनले सुनाए, ‘लण्डनको बैठकपछि हामीले काठमाडौंमा विश्वसम्मेलनको आयोजना गर्ने निर्णय गर्यौं । त्यही निर्णय अनुसार ११ अक्टोबर २००३ मा काठमाडौंमा पहिलो पटक विश्वसम्मेलनको आयोजना भयो । त्यो सम्मेलनमा १६ भन्दा बढी देशबाट १ सय ६० जनाभन्दा बढी नेपालीहरु आउनुभयो । त्यही दिन विधिवत् रुपमा यो संगठनको स्थापना भयो ।’

केन्द्रीय सदस्यदेखी महासचिवसम्म
स्थापना कालदेखि यो अभियान र आन्दोलनमा उनी निरन्तर क्रियाशिल छन् । एनआरएनएको परिकल्पना, स्थापना र बिकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेका डा.केसी एनआरएनएको केन्द्रीय सदस्य कोषाध्यक्ष हुदैं सातौ विश्व सम्मेलनबाट महासचिवको जिम्मेवारीमा छन् । कोषाध्यक्षको जिम्मेवारीमा छदा उनले अघि सारेका संस्थाको दिर्घकालिन आर्थिक योजना र व्यबस्थापनको कारण उनी लोकप्रिय बने । उनको कार्यकालमा नउठेको अन्तराष्ट्रिय समन्वय समितिको सदस्यता शुल्क चुक्ता भयो ।

संघमा सञ्चित रकमलाई टेन्डर मार्फत् बढी ब्याज आउने बैंक खातामा जम्मा गराउने काम भयो सातौं विश्वसम्मेलनबाट महासचिवमा निर्वाचित भए लगत्तै उनले एनआरएनएका सदस्यतादेखी संस्थाका सांगठानिक र व्यवस्थापकीय काममा आमुल परिवर्तन गरे । दुई बर्षअघिसम्म एनआरएनएमा करिब ५० हजार सदस्यहरु थिए । अहिले यो विश्व सम्मेलनमा आइपुग्दासम्म करिब ७० हजारभन्दा बढी पन्जिकृत सदस्य छन् । ७८ वटा देशमा यसको संरचना छ । संस्था र सदस्यको अभिलेखिकरणमा बद्रीको कामलाई सबैले आज पनि प्रशंसा गरेका छन् ।

सानो उद्देश्यले जन्मिएको सफल संगठन
एउटा अभिभावकले आफ्नो सन्तानको आरोह अबरोहलाई जति नजिकले बुझछ, बद्रीले पनि यो संगठनलाई त्यति नजिकबाटै बुझेका छन् । एनआरएनएको सजिलो, अप्ठ्यारो सबैमा उनी सहभागी छन् । कुनै पनि संगठन जति सानो उद्देश्य राखेर स्थापना हुन्छ, त्यति नै सफल हुन्छ भन्ने उदाहरण एनआरएनए भएको उनको बुझाई छ । भन्छन्,‘ स्थापना गर्दा यसको त्यस्तो कुनै ठुलो उद्देश्य थिएन । कुनै पनि संगठन जति सानो उद्देश्य राखेर स्थापना हुन्छ, त्यति नै सफल हुन्छ भन्ने उदाहरण गैर एनआरएनए हो । हामीले त्यो बेला भनेका थियौं, ‘विदेशमा बसेका नेपालीहरुबिच भाइचाराको बृद्धि गरौं, विदेशमा नेपाली भाषा र संस्कृतिको जर्गेना गरौं र विदेशमा कमाएको पैसाको नेपालको समृद्धिको लागि लगानी गरौं ।’ हामीले यी तीन उद्देश्य लिएर स्थापना गरेका थियौं । हामीले त्यसका लागि अनेकौं काम गरेका छौं । यसबिचमा हामीले सोचेभन्दा धेरै काम गरेका छौं । हामीले गरेका कामका सुची धेरै लामो छ ।’

एनआरएनएको ७८ वटा एनसीसी छन् । ‘वान एनसीसी वान च्यारिटी’को अभियान चलिरहेको छ । नेपालमा भूकम्प गयो । यो संगठनबाट तत्कालै ५र ६ सय भन्दा बढी आएर उद्दार र राहत अभियानमा जुटेका थिए । भूकम्प पीडितको लागि ५० करोडभन्दा बढी सहयोग आएको थियो । गोरखाको लाप्राकमा बस्ती बनाउने अभियान जारी छ । बद्री भन्छन्, ‘वास्तवमा हामी धेरै खुसी छौं । तराई मधेसमा बाढी पिडितका लागि पनि तुरुन्तै अभियान चलायौं । जतिबेला देश दुख्छ त्यतिबेला हामीलाई दुःखेको छ । विदेशमा रहेका नेपालीहरुको हक अधिकार र समद्धिको निम्ती त काम गरीरहेकै छौं । हामी नेपाल र नेपालीको दुःख र संकटका साथी बनिरहेका छौं ।’

सपनाले थिथिएका बद्री
यतिबेला संसार छरिएर रहेका प्रवासी नेपालीहरु काठमाडौंमा भेला भएका छन् । परदेशबाट घरदेश आएका छन् । प्रवासमा रहेका नेपालीहरुको साझा संगठन गैर आवासीय नेपाली संघ(एनआरएनए)को लागि उनीहरु काठमाडौंमा भेला भएका हुन् । शनिबारदेखी सुरु भएको एनआरएनएको आठौं विश्व सम्मेलनले नीति र नेतृत्व दुबै नयाँ बनाउनेछ । राजनीति बाहेक अहिले नेपाली सञ्चार माध्यम एनआरएनएनको सम्मेलनले छाइरहेको छ । एनआरएनएका नेताहरुले आफ्नो उम्मेदवारीलाई बलियो बनाउन सञ्चार माध्यमहरुको भरपुर प्रयोग गरिरहेका छन् । उनीहरुको प्रस्तुती र अभियान हेर्दा यस्तो लाग्छ, सबैभन्दा प्रचारका भोकहरु तिनिहरु नै छन् । तर, डा.केसी सञ्चार माध्यममा उतिधेरै आएका छैनन् । संगठनको महासचिव भए पनि किन त ? ‘म प्रचार खपतको निम्ती होइन संगठनको लागि काम गर्छु,’ डा.केसी भन्छन्,‘हामीले देखेको सपना प्रचार होइन कर्मले पुरा गर्नुुपर्छ भन्नेमा म विश्वास राख्छु ।’

जीन्दगीको धेरै उर्बर समय यो अभियान र आन्दोलनमा बिताएका बद्रीले एनआरएनएसँगका धेरै सपनाहरु सजाएका रहेछन् । भन्छन्,‘ २००३ देखि १४ वर्षसम्म संस्थालाई राम्रोसँग बुुझेको छु । म कोषाध्यक्ष हुदाँ ल्याएका आर्थिक समृद्धिको पाइलाहरुले नतिजा दिन थालेको छ । महासचिव हुदा बनाएका योजना र सपना केही पुरा गर्न बाँकी छ ।’ त्यही सपनाले विश्व आठौं सम्मेलनमा उनले महासचिव पदमा फेरि उम्मेदवारी दिने योजना बनाएका छन् । त्यसो त यो बद्रीको मात्रै निर्णय होइन । उनका अग्रजहरुको पनि सल्लाह यही हो । भन्छन्,‘यो संस्था जन्माउनेदेखी यो संस्थालाई बाटो र उज्यालो दिनेहरुको सल्लाह र जोडका कारण महासचिव पदमा फेरि उम्मेदवारी दिने योजना बनाएको हुँ । हाम्रो विधान अनुसार एउटा पदमा एउटा व्यक्तिले दुुई कार्यकाल काम गर्न सक्ने प्रावधान छ । एनआरएनका अभियान्ताहरु तथा मेरा साथिहरुले महासचिव मै बसेर काम गर्नुर्पयो भन्ने अनुरोध आएका कारणले फेरी पनि महासचिवमा र्दोयाउने निर्णय गरेको हुँ ।’

यो संस्थाको मात्रै होइन आबद्ध सबैलाई सदस्यलाई संस्थाले के दिन सक्छ ? यो बिषयमा उनको फरक सपना छ । भन्छन्, ‘हामी ७८ देशमा रहेका छौँ । ती देशका एनसिसि मेम्बरहरुलाई ५ डलर तिराउन बाहेक अन्य सुविधा दिन सकेका छैनौं । त्यस्तै सदस्यहरुको व्यवस्थापन पूर्ण रुपमा गर्न सकेका छैनौं । कर्मचारीहरुको नीति, विभिन्न बैठक, सम्मेलनहरुको सञ्चालनको नीति ल्याउन सकेको छैनौ । नीतिगत प्रक्रियामा धेरै काम गर्न बाकीँ छ ।’ सदस्यहरुलाई केवल शुल्क तिराउने मात्रै होइन उनीहरुको समृद्धि र संकटमा सहयोग गर्नका लागि बिशेष योजना बनाउने उनको योजना छ ।

एनआरएनलाई गरिब र धनी दुुबैको साझा संस्था हो भन्ने उनको बुझाई छ । भन्छन्, ‘एनआरएन गरिब र धनी दुुबैको संस्था हो । हामिले ‘कन्टिनिटी अफ डबल सिटिजनसिप’ नेपाली नागरिकताको निरन्तरता भनिरहेको छौं अर्थात् विदेशमा नागरिकता लिएका मान्छेहरुको नेपालीसँग जोडियोस भनेर संर्घष गरिहेको छौँ । अर्को शरण लिएर बसिरहेको शरणार्थीहरुको लागि पनि लडिरहेका छौँ । त्यस्तै बौद्धिक व्यक्तित्व प्रोफेसरहरु कसरी नेपाल फर्काउने अथवा ज्ञान क्षमताहरु कसरी नेपालमाा प्रयोग गर्न भन्ने पनि सोचिरहेका छौं । भने कम शैक्षिक योग्यता भएको व्यक्तिहरु दक्षता बृद्धिका लागि पनि काम गरिहेको छौँ । त्यसैले यो संस्था यति फराकिलो छ, जहाँ गरिब धनी सबै अटाएको छ । अक्सफर्डमा अध्यापन गराउने बौद्धिकदेखि न्यून शैक्षिक योग्यता भएका व्यक्तिहरु पनि साझा संस्था हो ।’

खाडी मुलुकमा नेपालीहरुले खेपीरहेका पीडाप्रति उनी जानकार छन् । खाडी मुलुकका नेपालीहरुको समस्याको लागि सस्थाबाट बिशेष अभियान नै चलाउने उनको योजना छ । यो अभियानसँग जोडिएका बद्रीका योजनाको सुची निकै लामो छ । उनी त्यही सपनाले थिचिएका छन् । उनले अक्सफर्डमा अध्यापन गराउने बौद्धिकका सपनादेखी न्यून शैक्षिक योग्यता भएका खाडीमा कार्यरत नेपालीहरुको समस्यालाई पनि नजिकबाट बुझेका छन् । उनीहरुको छोइने समस्याहरुलाई उनले नजिकबाट अनुभुत गरेका छन् । ती सबैको लागि एउटा विशेष योजना र अभियान चलाउने उनको योजना छ ।

-राजेश राई

प्रतिक्रिया दिनुहोस्