युक्रेनको रणनीतिक महत्वको लिमन शहर रुसको कब्जामा


१३ जेष्ठ २०७९, शुक्रबार
mariupol ukraine BEIHk4ywHN

किभ । युक्रेनको दोनबासस्थित रणनीतिक महत्वको लिमन शहर कब्जा गरिएको रुस समर्थित पृथकतावादीहरुले बताएका छन् । स्वघोषित दोनेस्क पिपुल्स रिपब्लिकले सो शहर सम्पूणर् रुपमा आफ्नो नियन्त्रणमा आएको बताएको हो ।

लिमनमा केही दिनयता भीषण लडाइँ भइरहेको थियो । यो सानो शहर रुसी नियन्त्रणमा गएपछि सेभेरोदोनेस्क र त्यस वरिपरि रहेका युक्रेनी सैनिक घेरिने सम्भावना बढेको छ । किनभने सो क्षेत्रका युक्रेनी सैनिकका लागि आपूर्ति मुख्य मार्ग यही हो ।

रुसी सेनाको कारबाही व्यवस्थापन र सामरिक सीपमा वृद्धि हुन थालेको युक्रेनी अधिकारीहरुले बताएका छन् । राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार अलेक्सेइ एरेसेभिचले भने, ‘पुष्टि नभइसकेको तथ्यांकअनुसार हामीले लिमन शहर गुमायौं । रुसी सेनाले यो शहर कब्जा गर्‍यो ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७