भक्तपुरका सात हजार धारामा मेलम्चीको पानीको सफल परीक्षण


१४ जेष्ठ २०७९, शनिबार
melamchi bhaktapur

भक्तपुर । मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ ।
आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्यांकीको साँचो खोलेर शुक्रबार नगरपालिकाभित्रका दुई हजार ५ सय घरका धारामा पानी छोडी परीक्षण गरिएको हो ।

खानेपानीको पुरानो पाइपलाइन रहेका क्षेत्र जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुवणर् चोक, सल्लाघारीदेखि राधेराधे पुलसम्मका घरका धारामा सफलतापूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको काठमाडौं खानेपानी आयोजना भक्तपुरका निमित्त प्रमुख चेतबहादुर ऐरले जानकारी दिए ।

भक्तपुर नगरपालिका क्षेत्रका करिब चार हजारभन्दा बढी धारामा बिहीबार सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिँदै उनले बिहीबार र शुक्रबार गरी सात हजार धारामा पानी वितरण गरिएको बताए। भक्तपुरका चार वटै पालिकामा मेलम्चीको खानेपानी वितरण गर्ने तयारी छ ।

२० लाख लिटर क्षमताको पुरानो र ६० लाखको लिटर क्षमताको नयाँ ट्यांकी गरी ८० लाख लिटर क्षमताको दुई वटा ट्यांकीमध्ये २० लाख लिटर क्षमताको ट्यांकीबाट पानी वितरण सुरू गरिएको उनले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७