विश्वमा खाद्यान्न अभाव हुनुमा अमेरिका जिम्मेवार : रुस


१४ जेष्ठ २०७९, शनिबार
vladimir putin

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको बन्दरगाह प्रतिबन्ध विश्वव्यापी खाद्यान्न अभावको कारण भएको कुरा अस्वीकार गरेका छन् । अस्ट्रियाका चान्सलर कार्ल निहमासँगको फोन वार्तापछि पुटिनले खाद्यान्न अभावको वास्तविक कारण अमेरिका र युरोपले रुसमाथि लगाएको प्रतिबन्ध रहेको बताएका हुन् ।

सोही क्रममा कार्ल निहमाले रुसी राष्ट्रपतिसँग ४५ मिनेटको कुराकानीबारे दुवैले गम्भीर विषयमा छलफल भएको बताए । उनले राष्ट्रपतिसँग युद्धको यथार्थबारे कुरा गर्नु महत्वपूणर् भएको जिकिर गरे ।

उनले राष्ट्रपति पुटिनले शुक्रबारको फोनवार्तामा रुसले आफ्नो प्राकृतिक ग्यास आपूर्ति प्रतिबद्धताहरू पूरा गर्ने र युक्रेनसँग कैदीहरु साटासाटबारे वार्ता गर्न खुला रहेको बताए । रुसले पनि ८० प्रतिशत ग्यास रुसबाट प्राप्त गर्ने अस्ट्रियालाई आश्वासन दिएको भन्दै छुट्टै विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७