प्रहरीबाट अश्वेत व्यक्ति मारिएपछि ब्राजिलमा फैलियो जनआक्रोश


१४ जेष्ठ २०७९, शनिबार
brazil

रियो डि जेनेरो । एक जना अश्वेत व्यक्तिलाई जवरजस्ती प्रहरीको कार बुटमा पसाएर त्यहाँ ग्यास ग्रेनेड छोडेर मारिएपछि ब्राजिलमा जनआक्रोश फैलिएको छ । प्रहरीले बुधबार सेर्गिपे राज्यको उत्तरपूर्वी सहर युम्वाउवाको सडकमा ती ३८ वर्षीय पीडित गेनिभाल्डो डी जिसस सान्तोसलाई रोकेको थियो ।

सार्वजनिक भएको भिडियो फुटेजमा दुईज ना प्रहरी अधिकारीले बुट समाइरहेका र ती व्यक्ति कारबाट निस्किरहेको बाक्लो धुवाँको मारमा परिरहेको देखिन्छ । अटोप्सी सान्तोसको मृत्यु अक्सिजनको कमिको कारण निस्सासिएर भएको जनाइएको छ ।

ब्राजिलको संघीय राजमार्ग प्रहरीले ती अधिकारीहरूको आचरणबारे अनुसन्धान गर्न अनुशासनात्मक प्रक्रिया सुरु गरिएको जनाएको छ । संघीय प्रहरीले सान्तोसको मृत्युको परिस्थितिहरूमाथि पनि अनुसन्धान सुरु गरेको छ । यस घटनालाई लिएर विवादास्पद प्रतिवेदनहरू बाहिर आइरहेका छन् ।

प्रहरी विज्ञप्तिमा भनिएको छ, ‘आक्रामक ढंगले प्रतिरोध गर्न खोजेकाले प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई नियन्त्रणमा लिनका लागि कम घातक उपकरण र प्रविधिहरू प्रयोग गरिएका हुन् ।’

तर, घटनास्थलमा रहेका सान्तोसको भतिजा वाल्लिसन डी जिससले स्थानीय सञ्चार माध्यमलाई भनेका छन्, ‘संघीय राजमार्ग प्रहरीले अचानक रोक्दा मेरो काकाले मोटर साइकल चलाइ राख्नुभएको थियो । उनीहरूले काकालाई कमिजमाथि सार्न आदेश दिए । मेरो काकाले स्किजोफ्रेनिया रोगको औषधि खाइरहनुभएको थियो । प्रहरीले आफ्ना साथमा औषधि देख्नासाथ काका अत्तालिनुभयो । मैले प्रहरीलाई काकाको नाजुक अवस्थाबारे जानकारी दिँदादिँदै प्रहरी यातना सुरु भयो । बल्ल बेहोस भएपछि मेरो काकालाई उनीहरूले अस्पताल लगेका थिए ।’

भिडियो फुटेजमा सान्तोसको शरीर कारभित्र र खुट्टाहरू बाहिर झुण्डिरहेको तथा उनी चिच्याएर छटपटाइरहेको देखिन्छ भने बटुवाहरूले ‘उनीहरूले यो मान्छेलाई मार्न लागेको छ’ भनिरहेको सुनिन्छ । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७