बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा


१४ जेष्ठ २०७९, शनिबार
Rajasthan IPL

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधिका लागि राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनल प्रवेश गर्दै गुजरातसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगिसकेको छ । बैंगलोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै १०६ रनको शतकीय इनिङ खेले । कप्तान सन्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए ।

देबदुत पडीकल ९ रनमा आउट हुँदा शिम्रन हिटमायर २ अविजित रहे । बैंगलोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन जोडेको थियो । बैंगलोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । साहबाज अहमेद १२ रनमा अविजित रहे । राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३/३ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७