युक्रेनका राष्ट्रपति र फिनल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता


१४ जेष्ठ २०७९, शनिबार
Zelensky Marin Ukrine Finland Y8ycv9UGJW

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनबीच भेटवार्ता भएको छ । युक्रेन भ्रमणमा रहेकी मारिनले जेलेन्स्कीलाई युक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा उनीहरुले युरोपेली मुलुकहरूको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गरेका थिए । राष्ट्रपति जेलेन्स्कीको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूले युद्धपछि युक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक कामका बारेमा कुराकानी गरेका थिए ।

सो अवसरमा आर्थिक, सुरक्षा र मानवीयतासम्बन्धी सहयोग उपलब्ध गराएकोमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले फिनल्याण्डका प्रधानमन्त्रीलाई धन्यवाद पनि दिएका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७