भारतको लद्दाखमा बस दुर्घटना : सात भारतीय सैनिकको मृत्यु, १९ घाइते


१४ जेष्ठ २०७९, शनिबार
Ladakh accident ZF0kkmR66C

नयाँदिल्ली । भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात भारतीय सैनिकको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सब सेक्टर हनिफ गइरहेको बस श्योक नदीमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बस सडकबाट करिब ६० फिट तल पुगेको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको पंचकुला जिल्लामा पर्ने चन्डीमन्दिरमा रहेको आर्मी कमाण्ड अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७